प्रदेशसभामा अनियमिताको आशंकामा अख्तियारले थाल्यो अनुसन्धान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभामा अनियमिताको आशंकामा अख्तियारले थाल्यो अनुसन्धान


प्रशासन संवाददाता

१० भाद्र २०७७, बुधबार


बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभामा खर्चमा अनियमताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले छानबिन सुरु गरेको छ ।

प्रदेशसभामा गाडी मर्मतमा अस्वाभाविक बिल आएको विषयमा छानविन थालिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोग बुटवलका प्रवक्ता सुरेश भुसालले प्रदेशसभा भएका बेथितिबारे छानविन सुरु भएको बताए । उनले भर्ने हामीले गाडी मर्मत खर्चको विषयमा छानबिन गर्न थालेका छौँ, त्यसको सम्पूर्ण विवरण माग्दै पत्र पनि पठाएका छौँ ।’

गत वर्ष गाडी खरिद प्रकरणले हंगामा भएको प्रदेश नम्बर ५ को प्रदेशसभामा हिजोआज गाडी मर्मतको बिल अस्वाभाविक बनाउनेदेखि नियमविपरीत घरभाडा लिनेसम्मका काम भएका भन्दै प्रदेशसभा सार्वजजिक लेखा समितिले पनि प्रदेशसभा सदस्य बैजनाथ कलावरको नेतृत्वमा छानविन गर्नको लागि एक उपसमिति बनाएको छ ।

उक्त उपसमितिले लकडाउन भएका कारणले समितिमा प्रतिवदेन पेस गर्न अझै सकेको छैन । लेखा समिति सभापति डिल्ली चौधरीले बुटवलको लडडाउन खुलेपछि समितिको बैठक बस्ने र त्यसैमा प्रतिवदेन आउने बताए । प्रदेशसभामा रहेका गाडी मर्मतबापत यो आर्थिक वर्षमा ४५ लाख रुपैयाँको बिल आएको छ । विलमा गत बर्ष भन्दा धेरै आएको देखिन्छ । गतबर्ष पनि प्रदेशसभामा गाडी खरिद प्रकरणमा बजार मूल्य भन्दा धेरै रकमा खरिद गरेको भन्दै लेखा समितिले झन्डै ६० लाख रुपैयाँ कम्पनीलाई दिनबाट रोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस