सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


१० भाद्र २०७७, बुधबार


धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृतयु भएको छ । मंगलबार भर्ना गरिएका कोरोना संक्रमित बिरामीको बुधबार बिहान मृत्यु भएको हो ।

कोरोना फोकल पर्सिन नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीको गोदावरी नगरपालिका–११ घर भएका ४५ वर्षीय पुरुष धनगढीकै निजी निसर्ग अस्पतालको आईसीयूमा उपचार गराइरहेका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार मात्रै सेती अस्पतालमा भर्ना गरिएको थियो। आज बिहान उनको मृत्यु भएको कार्कीले बताए ।

अस्पतालको बिरामीलाई कोरोना पुष्टि भएपछि निसर्ग अस्पतालको आईसीयू सिल गरिएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा राखिएको अस्पताल सञ्चालकले जानकारी दिए ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस