अर्घाखाँची र जाजरकोटका सिडिओ फेरिए « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अर्घाखाँची र जाजरकोटका सिडिओ फेरिए


९ भाद्र २०७७, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

मन्त्रालयका स्रोतका अनुसार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) विजयराज पौडेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहायक सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ) मा सरुवा गरिएको छ भने अर्घाखाँचीको प्रजिअमा गृह मन्त्रालयका विष्णु पौडेललाई पठाइएको छ ।

चन्द्रनिगाहपुर इलाका प्रशासनका चेतराज बराललाई जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने जाजरकोटका जनकराज पन्त गृह मन्त्रालयमा तानिएका छन् । बरालको ठाउँमा इलामका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई खटाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस