निषेधाज्ञा बढाउन बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निषेधाज्ञा बढाउन बैठक बस्दै


९ भाद्र २०७७, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधवार मध्यरातदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप्न उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक बस्दै छ ।

मङ्गलवार(आज) बस्ने बैठकले आजसम्मको अवस्थाबारे समीक्षा गर्दै १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउने छ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) बैठक बस्नेछ ।

सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन सिफारिस गरिसकेको छ । सो बैठकसँगै आजै स्थानीय तहसँग पनि प्रशासनले संयुक्त बैठक बस्ने बताएको छ । जसमा फोरमको सिफारिस संयुक्त बैठकमा पेस गरिनेछ ।

बुधवार मध्यरातदेखि जारी गरिएको निषेधाज्ञाको अवधि भोलि बुधवार सकिनै लाग्दा हिजै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।

गत मंगलबार राति बसेको उपत्यकास्थित तीन जिल्लाकै संयुक्त सुरक्षा समिति बैठकले अत्यावश्यक र सरकारले आउजाउ गर्न दिने भनी तोकिएबाहेकका वस्तु तथा सेवाको कारोबार र मानिसका आउजाउ भदौ १० गतेसम्मका लागि बन्द गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस