मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक जारी


४ भाद्र २०७७, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठक नियमित नै भए पनि मुलुकमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप रणनीति तय गर्ने बुझिएको छ । बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठक बालुवाटारमा बसेको थियो । आजको बैठकले विभिन्न मन्त्रालयबाट पेस गरिएका प्रस्तावहरू स्वीकृत गर्नेदेखि केही अन्य प्रशासनिक नियुक्ति र सरुवासमेत गर्ने बुझिएको छ ।

बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ । गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरे पनि सङ्क्रमित र मृतक सङ्ख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस