प्रदेश १ मा १ सय २३ जना संक्रमित थपिए « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ मा १ सय २३ जना संक्रमित थपिए


३ भाद्र २०७७, बुधबार


विराटनगर । प्रदेश नं १ मा आज १२३ जना कोरोना संक्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन् ।

संक्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, विराटनगरमा आज ५२ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ३२ पुरुष र २० जना महिला छन् । मोरङको रङ्गेलीमा पाँच महिला र चार जना पुरुष, बुढीगंगामा एक महिला एक पुरुष, कटहरीमा एक महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष र एक महिला, दुहवीमा आठ पुरुष र तीन महिला, बर्जुमा चार पुरुष र एक महिला, इटहरीमा चार पुरुष, धरान र रामधुनीमा दुई/दुई पुरुष, झापाको दमकमा आठ जना, भद्रपुरमा तीन, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाका दुई जना र पाँचथरका एक जना पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज सङ्कमण पुष्टि भएका भारतीय नागरिकमा एक महिला र एक पुरुष छन् ।

प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३५५ पुगेको छ भने आज दुई जना निको भएका छन् । दुवै जना मेची अञ्चल अस्पताल धाईजन आइसोलेसन केन्द्रबाट निको भएर घर फर्केका हुन् । कोरोनाबाट सङ्क्रमित भएका निको भएर घरफर्कनेको सङ्ख्या एक हजार १३५ जना पुगेका छन् । प्रदेश नं. १ मा आज एक हजार ९४१ जनाको पीसीआर परीक्षण गरिएको छ । मङ्गलबार दुई हजार ६३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल सम्म ७२ हजार ४३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस