आइसोलेसनमा बस्दै आएका भारतीय गृहमन्त्री मङ्गलवार अस्पताल भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइसोलेसनमा बस्दै आएका भारतीय गृहमन्त्री मङ्गलवार अस्पताल भर्ना


२ भाद्र २०७७, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी निवासमै आइसोलेसनमा बस्दा आएका भारतीय गृहमन्त्री अमित शाह मङ्गलवार अस्पताल भर्ना भएका छन् ।

आइसोलेसनमा बस्दै आएको दुई साता हुनै लाग्दा स्वास्थ्यमा थप समस्या आएपछि शाह थप उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

उनलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । तीन दिनदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको सचिवालयका अनुसार उनले अस्पतालबाटै नियमत का गरिरहेका छन् ।

सङ्क्रमितको हेरविचारमा सहज हुने भएकाले घरबाट अस्पतालमा सार्ने निर्णय भएको उनको सचिवालयले जनाएको छ । चार दिन अघि उनको पहिलो कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस