२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना अद्यावधिक

अ+ अ-

डोटी । डोटी जिल्लाको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाई अद्यावधिक गरिएको छ ।

जिल्लाको विपद् सम्बन्धी वास्तविक अवस्था झल्किने गरी तयार गरेको उक्त प्रतिकार्य योजनामा डोटी जिल्लाका स्थानीय तह अनुसारका विपदबाट जोखिमयुक्त स्थानहरूको पहिचान गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भीम प्रसाद भट्टराईले बताए । जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना प्रत्येक वर्ष अध्याधिक गर्नुपर्छ । सोही अनुरूप यस वर्ष पनि अद्यावधिक गरिएकोले सोही अनुसार अगाडी बढ्ने समेत उनले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक कोरोना सङ्क्रमणका कारण नियमितरुपमा बस्न नसकेको समेत प्रजिअ भटराईले बताए । प्रत्येक वर्ष जिल्ला विपत व्यवस्थापन समितिले प्रतिकार्य योजना अद्यावधिक गरी सोही अनुरूपको कार्य योजना बनाई अगाडी बढ्ने गर्दछ । यस वर्ष तयार भएको प्रतिकार्य योजनामा डोटी जिल्लाको विपद् सम्बन्धिको वास्तविक अवस्था, आगामी दिनमा गर्न सकिने योजना रणनीति, पूर्व तयारी लगायत विषय वस्तुको बारेमा उल्लेख गरिएको छ ।

अद्यावधिक पुस्तक आज एक कार्यक्रमकाबीच सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

जिल्ला विपद् पूर्वतयारी प्रतिकार्य योजना पुस्तक अद्यावधिकको लागि प्राविधिक रूपमा सामुदायिक विकास केन्द्र डोटी र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले सहयोग गरेको थियो भने पुस्तक प्रकाशनका लागि वल्र्डभिजन ईन्टरनेशनलले सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस