धुलिखेल । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका वडा नं ७ घर भएका ९८ वर्षीय वृद्धको गएराति धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका सचिव डा.नरेन्द्र कुमार झाले जानकारी दिए।
डा. झाका अनुसार कोरोना संक्रमण भएपछी उर्नी साउन २७ गते अस्पताल भर्ना भएका थिए ।
वृद्धका परिवारमा छोरा र बुहारीमा समेत कोरोना संक्रमण देखिएको छ। उनीहरु होमक्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट सचिव डा. झाले जानकारी दिए।
कोरोनाबाट मृत्यु भएका वृद्धको शव व्यवस्थापनका लागि पशुपतिको विद्युतीय शवदाह गृह लाने तयारी गरिरहेको डा. झाले जानकारी दिए ।