प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी नियुक्त भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई काउन्सिलको कार्यवाहक अध्यक्षमा नियुक्त गरेको हो ।

भण्डारीलाई सरकारले केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।

यस अघि प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ थिए । सरकारले श्रेष्ठलाई हटाइ भण्डारीलाई जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष श्रेष्ठको काउन्सिल सदस्य पद भने यथावत् रहेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) अनुसार सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ।

त्यस्तै प्रेस काउन्सिल ऐन, २०७५ (मस्यौदा) को परिच्छेद २ को ३ ९२० क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्ति मध्येबाट कम्तीमा ४५ वर्ष उमेर पुगेका व्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस