भन्सारका ४ कर्मचारीलाई कोरोना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भन्सारका ४ कर्मचारीलाई कोरोना


१ भाद्र २०७७, सोमबार


विराटनगर । विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर भन्सार कार्यालका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार सोमबार एकजना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही साखामा काम गर्ने नायब सुब्बा हुन् । संक्रमित कर्मचारी भन्सारकै छुट्टै स्थानमा बसेका छन् ।

२० जना कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा चारजनाको पोजेटिभ देखिएपछि कार्यालयमा उच्च सतर्कता अपनाइएको उनले बताए ।

संक्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाब संकलन गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस