वाणिज्य विभागका नासु दश हजार घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाणिज्य विभागका नासु दश हजार घुससहित पक्राउ


१ भाद्र २०७७, सोमबार


अख्तियार

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौँका नायब सुब्बा(नासु) घुससहित पक्राउ परेका छन् ।

फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा नासु शिव शङ्कर महतो दश हजार नगदसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले महतोलाई सेवाग्राहीबाट घुस बापतको रकम लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस