गभर्नर अधिकारी होम क्वारेन्टिनमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गभर्नर अधिकारी होम क्वारेन्टिनमा


प्रशासन संवाददाता

१ भाद्र २०७७, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी भैसेपाटीस्थित आफ्नै निवासमा क्वारेन्टिनमा बसेका छन् ।

बैङ्कको केन्द्रीय कार्यालयको सामान्य सेवा विभागका एक जना इन्जिनियरलाई बिहीबार कोरोना पुष्टि भएपछि कोरोना सङ्क्रमणको आशङ्कामा अधिकारीले होम क्वारेन्टिनमा बसेको राष्ट्र बैङ्क स्रोतले प्रशासनलाई बताएको छ ।

स्रोतका अनुसार उनले इन्जिनियरसँग दुई दिनअघि आफ्नै कार्यालयमा भएको निर्माणसम्बन्धी विषयमा लामो छलफल र प्रत्यक्ष कुराकानी गरेका थिए । त्यसको भोलिपल्ट उनमा कोरोना पुष्टि भएको रिपोर्ट आएपछि अधिकारी शुक्र बाह्रदेखि क्वारेन्टिनमा बसेका हुन् ।

यसअघि बैङ्कको मुद्रा व्यवस्थापन विभागमा एक जना र वीरगन्ज कार्यालयका दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस