मध्यपुर थिमिमा सार्वजनिक यातायात सञ्चालनमा रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मध्यपुर थिमिमा सार्वजनिक यातायात सञ्चालनमा रोक


प्रशासन संवाददाता

३१ श्रावण २०७७, शनिबार


भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

मध्युपुर थिमि नगरपालिकाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भादै ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय गरेको हो।

पछिल्लो समय कोरोना भाइरस संक्रमित हुने स्थानीय वासिन्दाको संख्या बढेपछि सार्वजनिक यातायात संचालनमा रोक लगाउनुका साथै अत्यावश्यक बाहेकका पसल समेत बन्द गरीएको छ । कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नपा जिल्लामै पहिलो स्थानमा रहेको छ।

समितिले भक्तपुर काठमाडौं ६ लेन सडकमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न संघीय सरकारसँग आग्रह गरेको छ। उक्त सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि मध्यपुर थिमि नगर क्षेत्रभित्र कुनै पनि यात्रु चढाउने र ओराल्न नपाइने निर्णय गरेको छ।

समितिको निर्णय सार्वजनिक गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगर क्षेत्रअन्तर्गत भक्तपुर काठमाडौं ६ लेन सडकको पूर्व हनुमन्ते खोला पुलदेखि पश्चिम मनहरा खोला पुलको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस