नेविसङ्घद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य गर्न माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेविसङ्घद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य गर्न माग


३१ श्रावण २०७७, शनिबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ ।

नेविसङ्घले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज गर्न माग गरेको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका विकृति अन्त्य र शैक्षिक सुधारको माग गर्दै शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको जनाउँदै सो क्रममा नौ नेता एवं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसङ्घले जनाएको छ ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग गर्नेक्रममा वीरगञ्जमा एक कार्यकर्ता पक्राउ परेको उनले बताए । नेविसंघले त्रिविविमा विकृति, विसङ्गति र राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने, पोखरा विश्वविद्यालय र अन्य विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्नुपर्नेसमेत माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस