नारायणी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

३१ श्रावण २०७७, शनिबार


वीरगन्ज । वीरगन्जको नारायणी कोरोना अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

७ दिनदेखि उपचाररत वीरगन्जका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहका अनुसार वीरगन्ज हानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।

ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस