गृहमन्त्री बादल र सचिव न्यौपाने सिन्धुपाल्चोक प्रस्थान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गृहमन्त्री बादल र सचिव न्यौपाने सिन्धुपाल्चोक प्रस्थान


३० श्रावण २०७७, शुक्रबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल र सचिव महेश्वर न्यौपाने पहिरोपीडितका लागि राहत लिएर सिन्धुपाल्चोक तिर लागेका छन् ।

शुक्रवार बिहान गएको परी ३६ जना बेपत्ता र कैयन घरबारविहीन भएपछि प्रारम्भिक राहत लिएर गृहमन्त्री थापा र न्यौपाने सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् । ​

गृह मन्त्रालयका अनुसार गृहमन्त्री थापा र गृह सचिव न्यौपाने गैर खाद्य राहत सामाग्रीसहित बोकेर त्यतातर्फ लागेका हुन् । गैर खाद्य सामाग्रीअन्तर्गत तत्काल चाहिने त्रिपाल, भाँडाकुँडा, लुगा कपडालगायत वस्तुहरू पर्दछन् ।

जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३८ जना बेपत्ता भएकोमा ५ जनाको शव भेटिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस