विराटनगरमा कोरोनाबाट ३० वर्षीय युवकको मृत्यु, मृतकको संख्या ६ पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विराटनगरमा कोरोनाबाट ३० वर्षीय युवकको मृत्यु, मृतकको संख्या ६ पुग्यो


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


विराटनगर । विराटनगर कोसी अस्पतालमा उपचाररत विराटनगर–१५ का ३० वर्षीय युवकको कोरोना संक्रमणबट मुत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

टाउको दुखने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बेलुका ४ बजे मृत्यु भएको थियो ।

शुक्रबार आएको मृतकको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको कोसी अस्पतालका प्रवक्ता डा। लक्ष्मीनारायण यादवले बताए ।

योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार ६० जना संक्रमित थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस