कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपालमा कोभिड-१९ बाट २४ घण्टामा चार जनाको मृत्यु भएको छ । यस्तैगरी मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १र१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका-७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै अछामको रामारोशन गाउँपालिका-५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए ।

मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका-६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस