काठमाडौं । ललितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
यो अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
महानगरपालिकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कन परे पनि अनिवार्यरुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ ।