चर्चित भारतीय शायर राहत इन्दौरीको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

चर्चित भारतीय शायर राहत इन्दौरीको मृत्यु


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


काठमाडौं । चर्चित भारतीय तथा गीतकार राहत इन्दौरीको मंगलबार मृत्यु भएको छ । उनी ७० वर्षका थिए । सोमबार कोरोना संक्रमण देखिएका राहत इन्दौरीको मध्य प्रदेशको अरविन्दो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको हृदयघातबाट मृत्यु भएको हो ।

मंगलबार बिहान ट्वीट गर्दै इन्दौरीले आफूमा कोरोना देखिएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘कोभिडको सुरुवाती लक्षण देखिएकाले हिजो मेरो परीक्षण गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको छ । म अरबिन्दो अस्पतालमा भर्ना भएको छु । प्रार्थना गर्नुहोस् कि मैले यस रोगलाई छिट्टै जित्न सकूँ ।’

इन्दौरीले लेखेका थुप्रै शायरी र गीतहरु चर्चित छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेका बेला उनले लेखेको कविता ‘बुलाती है मगर जानेका नहीँ’ निकै लोकप्रिय भएको थियो । ‘सामाजिक दूरी कायम गरौं’ भन्ने सन्देशसहित यो कवितालाई प्रयोग गरी धेरैले यसको मिम बनाएका थिए ।

उर्दू भाषाका प्राध्यापकसमेत रहेका उनले उर्दूमा पीएचडीसमेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस