डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो ।

खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । २०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस