गोरखामा नदी बगाएर दुई बालक बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोरखामा नदी बगाएर दुई बालक बेपत्ता


२३ श्रावण २०७७, शुक्रबार


ढल

गोरखा । गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

‘गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका रहेछन्’, उनले भने , फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जनालाई बगाएछ ।’ बिहीबार दिउँसो बालकलाई नदीले बगाएको थियो ।

लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । मझुवा, बाह्रकिलो र चोरकाटेलगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयवासी र बेपत्ता युवकका आफन्त मिलेर खोजीकार्य जारी रहेको प्रनाउ खतिवडाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस