पोखरीमा डुबेर बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरीमा डुबेर बालकको मृत्यु


२२ श्रावण २०७७, बिहिबार


बालक

लहान । सिरहाको नरहा गाउँपालिका–५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहा गाउँपालिका–५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् ।

पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस