दासढुङ्गा-गाँजीपुर परियोजना पूरा हुन्छ : मन्त्री फुयाँल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दासढुङ्गा-गाँजीपुर परियोजना पूरा हुन्छ : मन्त्री फुयाँल


२१ श्रावण २०७७, बुधबार


भरतपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चितवनको दासढुङ्गा–नारायणी–गाँजीपुर परियोजना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज गाँजीपुर क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री फुयाँलले केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा परियोजनाको काम अघि बढाइने बताए।

उनले तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने भन्दै प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गरिने बताए । प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकारअन्तर्गत विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको मन्त्री फुयाँलले बताए । मन्त्रालयले कोभिड–१९ का कारण युद्धस्तरमा काम गर्न नपाए पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको मन्त्री फुयाँलको भनाइ छ ।

मन्त्री फुयाँलले आजै पूर्वी चितवनको चिप्लेटी सिँचाइ आयोजना, भरतपुरको केरुङ्गा घोल र गणेशधामकोसमेत स्थलगत अवलोकन गरेका थिए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महतो, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया लगायतको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस