२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारकर्मी र सर्वसाधारणलाई सिँहदरवार प्रवेशमा रोक, प्रेसलाई नरोकिएको तर्क हास्यास्पद

अ+ अ-

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिँहदरवारमा सञ्चारकर्मी र सर्वसाधारणको प्रवेश रोकिएको छ । गृह मन्त्रालयले सूचना तथा प्रसारण विभागको परिचय पत्र भएका सञ्चारकर्मी र सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकेको हो ।

संचारकर्मी र पासवाहक कसैलाई पनि भित्र प्रवेश गर्न नदिनु भन्ने आदेश छ भन्दै प्रहरी फर्काएपछि संचारकर्मीहरु गेटबाटै फर्किएका छन् भने काम विशेषले आएका सर्वसाधारणहरुको भींडले सवारी व्यवस्थापन गर्न नै कठिन भएको छ ।

कोरोना भाइरस९कोभिड–१९०को सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुन नदिन भन्दै सञ्चारकर्मी र सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको हो । भिडभाड नियन्त्रण गर्न खोजेर नै सिंहदरवार प्रवेशमा कडाइ गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्र बहादुर बुढाले बताए । यद्यपि सञ्चारकर्मी रोकिएको विषयमा भने कम्युनिकेसन ग्यापका कारण प्रहरी फर्काएको हुन सक्ने बताए ।

अत्यावश्यकीय सेवा भएका सेवाग्राही, सञ्चारकर्मी र कर्मचारीबाहेक अरूलाई रोक्ने भनेको हो, प्रवक्ता बुढाले भने, सुरुमा कम्युनिकेसन के कसरी भयो, पछि हामीले स्पष्ट पारिसक्यौँ ।

देशकै शान्ति सुरक्षाको जिम्मेवारी बोकेको गृह मन्त्रालयले आँगनमै भएको प्रहरीलाई निर्देशन दिँदा पनि कम्युनिकेसन ग्याप हुने अवस्था भन्न अलि  पत्यार लाग्दो र सुहाउँदो कुरा भएन कि ? भन्ने प्रश्नमा प्रवक्ता बुढाले भने ‘सूचना प्रवाह गर्दा कसले कसरी बुझे भन्ने कुरा हो ।’

सुचना दिँदा कमाण्डरले कसरी बुझे र गेटमा खटिनेलाई निर्देशन दिँदा कसरी लिए भन्ने कुरा हुन्छ भन्दै उनले स्पष्ट जवाफ दिन सकेनन् ।

कुन अधिकारीमार्फत के भाषामा पुलिसलाई निर्देशन दिन्छन् र उनीहरूले बुझ्दैनन् त्यो त गृह मन्त्रालयका जिम्मेवार अधिकारीले नै जानुन् तर देशको शान्ति सुरक्षाको प्रमुख निकाय गृह मन्त्रालयले सय मिटर दूरीमा रहेको प्रहरीलाई दिएको निर्देशनमा नै ‘कम्युनिकेसन ग्याप’का कारण त्यस्तो भयो भन्नु लज्जास्पद र हास्यास्पद कुरा हो ।

प्रतिक्रिया दिनुहोस