२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ सय नेपाली स्वदेश फर्किए

अ+ अ-

काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले जापानको नारिताबाट २६४ यात्रु र तीन बच्चा काठमाडौँ ल्याएको छ । त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ ।

सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दोहा र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १५३ यात्रु र दोहाबाट १५२ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज दोहा र अबुधाबी उडेको छ ।

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६५ नेपाली काठमाडौँ ल्याएको छ । फलाई दुबईले दुबईबाट १५४ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बुधबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १५ वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज आन्तरिकतर्फ पनि नौ वटा एयरलाइन्सले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस