स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती


प्रशासन सिंहदरवार ब्युरो

२० श्रावण २०७७, मंगलबार


काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले डा. उप्रेतिलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

स्वास्थ्यमन्त्रीभानुभक्त ढकालको सिफारिसमा डा. उप्रेतिलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट राजिनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो । डा. उमाशंकरको राजिनामा साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्षको हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस