स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका वार्डेन भट्टराई र सहायक संरक्षण अधिकृत रोकाया पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका वार्डेन भट्टराई र सहायक संरक्षण अधिकृत रोकाया पक्राउ


प्रशासन संवाददाता

१९ श्रावण २०७७, सोमबार


काठमाडौं ।  स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका वार्डेन प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया रुपन्देहीबाट पक्राउ परेका छन् ।

विशेष सुराकीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयको टोलीले सोमबार ३ लाख ४८ हजार नगदसहित विभिन्‍न बैंकका ५ लाख ५० हजारको भौचरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

भट्टराई र रोकायाले स्रोत नखुलेको रकम लिइ कार्यालयको बा.२ झ. १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले नियन्त्रणमा लिएको हो।

प्राप्त रकम मध्ये तीन लाख ४८ हजार नगद र बाँकी पाँच लाख ५० हजारको बैंकको भौचर रहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस