मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


१९ श्रावण २०७७, सोमबार


काठमाडौं । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस