सिन्धुपाल्चोकमा पहिरोले पुरिएर एक दम्पतिको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर एक दम्पतिको मृत्यु


१९ श्रावण २०७७, सोमबार


काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोले पुरिएर एक दम्पतिको मृत्यु भएको छ ।

गएराति करिब २ बजेतिर आएको पहिरोमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको हो । पहिरोबाट दुवै जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

उनीहरुका दुई छोरी, एक छोरा छन् । छोराछोरी घरमा नभएकाले सुरक्षित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस