पर्सामा पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्सामा पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

१९ श्रावण २०७७, सोमबार


वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिला सम्म रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन् ।

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् ।

साउन ८ गते देखि १७ गते सम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० जना पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस