हङकङबाट विप्रेषण भित्र्याउन सनराइज बैंकले गर्‍यो सम्झौता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हङकङबाट विप्रेषण भित्र्याउन सनराइज बैंकले गर्‍यो सम्झौता


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौं । सनराइज बैंकले विद्युतीय माध्यमबाट हङकङबाट विप्रेषण भित्र्याउने भएको छ । अनलाइन प्रणालीबाट एकाध मिनेटमा नै विप्रेषण सेवा प्रदान गर्ने लक्ष्यका साथ बैंक र हङकङको एटी सर्भिसबीच द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौतापछि र हङकङमा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा बैंकले अपेक्षा गरेको छ ।

यसरी पैसा पठाउँदा तुलनात्मकरुपमा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था गरिएको छ । हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३४ शाखा र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरि छरिएका १० हजार बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस