१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडियो नेपालका कार्यकारी निर्देशक केसीद्वारा पद बहाली

अ+ अ-

काठमाडौँ । रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आज पद बहाली गरेका छन् ।

सिंहदरबारस्थित सूचना र सञ्चार प्रविधि मन्त्रालयबाट मन्त्रीपरिषद्को निर्णयअनुुसारको नियुक्ति पत्र लिएपछि केसीले रेडियो नेपालको केन्द्रीय कार्यालय पुगेर पद बहाली गरेका हुन् ।

नवनियुक्त कार्यकारी निर्देशक केसीलाई रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरू अशोक बास्कोटा र कृष्ण कोइरालासहितका कर्मचारीहरूको समूहले स्वागत गरेका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेडियो नेपालका नायव कार्यकारी निर्देशकसमेत रहेका केसीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो । रेडियो नेपालको इतिहासमा खुला प्रतिस्पर्धामार्फत कर्मचारीबाटै मन्त्रीपरिषद् कार्यकारी निर्देशक नियुक्त भएको यो नै पहिलो पटक हो ।

सम्बन्धित समाचार : रेडियो नेपालको कार्यकारी निर्देशकमा केसी

२०४९ सालमा रेडियो नेपालमा सेवा प्रवेश गरेका नवनियुक्त कार्यकारी निर्देशक केसी २८ वर्षदेखि कार्यरत रही हाल नायव कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तर्फको स्नातकोत्तर तहको गोल्ड मेडलिष्टसमेत रहेका केसीलाई सञ्चार क्षेत्रको बढ्दो विकास र प्रतिस्पर्धाका बिच रेडियो नेपालको पहुँच विस्तार तथा कार्यक्रम तथा समाचारमा स्तरियता र प्रभावकारिता ल्याउने लक्ष्य साथ अघि बढ्नु पर्नेछ ।

रेडियो नेपालको प्रसारण पहुँच विस्तार गर्दै नेपाल सरकारको नीति अनुसार आगामी वर्षहरूमा शतप्रतिशत पुर्‍याउने र डिजिटल प्रविधिमा पनि रेडियो कार्यक्रम तथा समाचार प्रसारण गर्नेतर्फ आफू केन्द्रित रहने कार्यकारी निर्देशक केसीले बताए ।

रेडियो नेपालको क्षेत्रीयदेखि केन्द्रीय प्रसारणमा रही काम गरेको अनुभव सुनाउँदै उनले आफू रेडियो नेपाललाई आम जनताको ढुकढुकी बनाउनेतर्फ निरन्तर लाग्ने प्रतिबद्धता जनाए । रेडियो नेपाललाई पब्लिक सर्भिस ब्रोडकास्टीङ्ख(पीबीएस)मा लैजाने सरकारको नीति अनुरूप त्यसका लागि आधारशिला खडा गर्दै जाने उनको प्रस्टोक्ति थियो ।

प्रतिक्रिया दिनुहोस