घुस लिएको अभियोगमा असईविरुद्ध विशेष अदालतमा मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको अभियोगमा असईविरुद्ध विशेष अदालतमा मुद्दा


१५ श्रावण २०७७, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी चौकी गौरीशङ्कर सर्लाहीका प्रहरी सहायक निरीक्षक (असई) रामविश्वास राय यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइ छुटाइदिने भन्दै यादवले एक सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको आरोप लागेको छ ।

प्रसनी निरीक्षक यादवले जाँचका क्रममा नियन्त्रणमा लिएको मोटरसाइकल छुटाउने भए ‘पाँच हजार देऊ’ भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । आयोगका प्रवक्ता तारानाथ अधिकारीका बिगोबमोजिमको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस