कञ्चनपुरका तत्कालिन एसपी विष्टसहित ८ प्रहरीले पाए सफाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कञ्चनपुरका तत्कालिन एसपी विष्टसहित ८ प्रहरीले पाए सफाई


१५ श्रावण २०७७, बिहिबार


निर्मला बलात्कार पछि हत्या प्रकरण

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा खेपिरहेका ८ प्रहरीले सफाई पाएका छन् ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

सफाई पाउनेमा एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी रहेका छन् । जिल्ला आदालत कञ्चनपुरले बिहिबार उनीहरुलाई सफाई दिएको हो ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस