प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि


१५ श्रावण २०७७, बिहिबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

सुरुमा चार जनालाई सङ्क्रमण देखिएपछि उनीहरूको कनट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा सङ्क्रमण देखिएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा सङ्क्रमितको सङ्ख्या ४४ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अधिकांश सङ्क्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस