जसपाकी सांसद सिटौलाले लिइन् सपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपाकी सांसद सिटौलाले लिइन् सपथ


प्रशासन संवाददाता

१४ श्रावण २०७७, बुधबार


काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन् ।

जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो ।

उक्त पार्टीको निर्णयअनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस