करारमा प्राविधिक सहायक नियुक्ति गर्न गाउँ तथा नगरपालिकालाई मन्त्रालयको पत्राचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करारमा प्राविधिक सहायक नियुक्ति गर्न गाउँ तथा नगरपालिकालाई मन्त्रालयको पत्राचार


१४ श्रावण २०७७, बुधबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्राविधिक सहायक स्तर करारमा पदपूर्ति गर्न सबै गाउँपालिका तथा नगरपालिकालाई पत्राचार गरेको छ ।

मन्त्रालयले युवा रोजगारीका लागि रुपमानतरण पहल आयोजना अन्तर्गत प्रत्येक गाउँपालिका तथा नगरपालिकामा स्थानीय सेवाको पाँचौँ तह सरहको प्राविधिक सहायक एक महिनाभित्र पदपूर्ति गरी सो को जानकारी मन्त्रालयमा गराउन भनेको हो ।

‘पदपूर्तिका लागि युवा रोजगारीका लागि रुपमान्तरण पहल आयोजना(सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ को दफा १३ को उपदफा ६ देखि ११ बमोजिम गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रिया मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको छ’ सबै गाउँ तथा नगरपालिकालाई सम्बोधन गर्दै मन्त्रालयले भनेको छ, ‘सो अनुरूप प्राविधिक सहायकको करार पद एक महिनाभित्र पदपूर्ति गरी सोको जानकारी गराउन हुन अनुरोध छ’

नेपालमा हाल चार सय ६० गाउँपालिका र दुई सय ७६ नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस