नेकपा स्थायी कमिटी बैठक आज ११ बजे बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा स्थायी कमिटी बैठक आज ११ बजे बस्दै


१३ श्रावण २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज ११ बजे बस्दैछ । लामो समयदेखिको विवाद समाधानका लागि आज बैठक बस्न लागेको हो ।

नेताहरुले नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलनसमेत गरेका छन् । सचिवालय र स्थायी कमिटी बैठकले हालसम्म पनि पार्टीको विवाद समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको बताइएको छ ।

कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् ।

यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बसेका थिए।

प्रतिक्रिया दिनुहोस