पेस्तोल पड्किँदा हवल्दार घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पेस्तोल पड्किँदा हवल्दार घाइते


प्रशासन संवाददाता

११ श्रावण २०७७, आइतबार


रुकुमपश्चिम । पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् ।

सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ पौडेलले बताए । सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ । सोही क्रममा आज पेस्तोल सफा गर्दा पड्किएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस