अमेरिकामा बिमान दुर्घटना, तीन जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकामा बिमान दुर्घटना, तीन जनाको मृत्यु


प्रशासन संवाददाता

११ श्रावण २०७७, आइतबार


वासिङ्टन । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ ।

बिमानमा तीन बालबच्चासहित कूल ६ जना सवार रहेको प्रहरीले जनाएको छ । वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो ।

बिमान खसेको एक घरकी महिला पनि घाइते भएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ । सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस