सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि


११ श्रावण २०७७, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ ।

गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९५ हजार ८६० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि रु ५ ले वृद्धि भएको छ । सेतो धातुको मूल्य रु एक हजार १५५ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस