नगरपालिका कार्यालयमा अज्ञात समूहद्वारा आगजनी, महत्वपूर्ण कागजात नष्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नगरपालिका कार्यालयमा अज्ञात समूहद्वारा आगजनी, महत्वपूर्ण कागजात नष्ट


११ श्रावण २०७७, आइतबार


बाजुरा । बुढीगंगा नगरपालिकाको कार्यलयमा गएराति अज्ञात समूहले आगजनी गर्दा कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । कार्यालयको झ्यालबाट प्लाष्टिकमा आगो सल्काएर भित्र फालेर आगजनी गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

आगलागी थाहापाएपछि स्थानीयले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रजिअ गैरेले जानकारी दिए । कार्यालयमा भएका कागजपत्र जलेर नष्ट भएको र क्षतिको विवरण भने आइ नसकेको उनले बताए ।

आगो लगाउने समूहको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस