उत्तर कोरियामा पनि देखियो कोरोना, सत्तारुढ दलको आकस्मिक बैठक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उत्तर कोरियामा पनि देखियो कोरोना, सत्तारुढ दलको आकस्मिक बैठक


११ श्रावण २०७७, आइतबार


एजेन्सी । कोरोना भाइरस (कोभिड १९) माहामारीले नछोएको भनिएको देश उत्तर कोरीयामा पनि कोरोना संक्रमण देखिएको छ । विश्वका लगभग सबै जसो देशहरुमा कोरोना संक्रमण तिव्ररुपमा फैलिइरहँदा पनि उत्तर कोरीयाले भने कोरोना संक्रमित नभेटिएको दावी गर्दै आइरहेको थियो ।

दक्षिण कोरियाबाट ५ दिन अघि उत्तर कोरिया गएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको उत्तर कोरियाका समाचार माध्यमले जानकारी दिएका छ ।

समाचार माध्यम केसीएनएका अनुसार ३ वर्ष पहिला उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका ती व्यक्ति जुलाई १९ मा गैरकानुनीरुपमा उत्तर कोरिया फर्केका थिए । कासोङ शहरका उनको परीक्षणका क्रममा कोरोना भाइसर संक्रमण भएको हो ।

उच्च सतर्ककता अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरस संक्रमण देखिएपछि सत्तारुढ दलको आकस्मिक बैठक बसेको छ। नेता किमजोङ उनले देशभित्र कोरोना संक्रमित देखिएपछि आकस्मिक रुपमा कोरियन वकर्स पार्टीको पोटिल ब्यूरो बैठक डाकेका हुन् । कोरियन वकर्स पार्टीका अध्यक्षसमेत रहेका किमको अगुवाइमा शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । बैठमा महामारीविरुद्धको संस्थाका उच्च अधिकारीहरु, मन्त्रिमण्डका सदस्य, विभिन्न प्रान्तका प्रशासन अधिकारीहरु, पार्टीका प्रतिनिधिहरु, संस्थानका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

महामारीविरुद्धका सबै उपाय अपनाउन किमले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको समाचार माध्यम केसीएनए जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस