२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो देशमा न्याय हरायो !

अ+ अ-

करुणा र स्वज्ञानको पतकाहरु च्यातिएर
उडिरहे निरन्तर बादलसँगै उडिरहे
उफ् !
न्यायको कालो बद्री
न्यायका लागि छटपटाइरहेका
मुटुहरूमा बारुद बनेर पड्किदा
क्षेतविक्षेद भएका छन् ।

न्यायको भिख मागी रहेका
पीडाले छचल्किएका
नयनहरूमा भाला र तीरहरू रोपिदा
च्व च्व!
दिउँसै औशी रातको पर्दा खसेको छ ।

अन्यायको रापमा मनहरू उसिनिएर
थिलो थिलो बनिरहेका
मधुमास ल्याउने कोपिलाहरू
निमोठिए च्यातिए, कुल्चिए, फ्याँकिए
पीडाको ज्वाला दन्किएको
पीडाकै ज्यू थप्नेहरूकै खेती सप्रिएको छ ।

न्यायको दियालो दीप दीप गर्दै
हुरी बताससँग यता उता लप्किदै छ ।
पीडा, चीत्कार, न्यायकै पुकार गर्दे न्यायालयको
कठघरामा हराइदिन्छ
मेरो देशमा न्याय हराएकोले
मेरी बहिनीको दिउँसै अस्मिता लुटी
मृत्युको मुखमा पुर्‍याएका यौन पिपासुहरू
खुले आम निर्धक्क छाती फुकाएर हिँडे
मेरा आमाहरूलाई बारबार यातना, पीडा दिई
टुक्रा टुक्रा बनाएर समाप्त पारेका
बा नामका कलङ्क राक्षसहरू
न्यायको धिप धिप दियालोलाई
हुरीसँगै निभाउन खोज्दै
खुलेआम छाती फुकाएर डुर्किरहे
मेरी भाउजूको मेलापात गर्दा अस्मिता लुटी
जीवन लीला समाप्त बनाउने पीडकहरू
अपराधको जालो बुनी फिँजाउँदै
पीडकहरूलाई प्रश्रय दिइरहे,
भर्खरै दाइजो निहुँमा मेरी बहिनीको ज्यान गयो
प्रेमको निहुँमा अस्मिता धुजा धुजा भयो ।

पशुजस्तै दिदी बहिनी बेच्ने दलालहरू
करोडौँ गाडीमा सयर गर्दे मान्छेको किनबेच गरिरहँदा
कहाँ छ मेरो न्यायालय?
कता छ? न्यायको धिप धिपे दियालो
हुरीसँगै बढारिएको भान भो
मेरो देशमा न्याय हरायो
बिन्ती कोही त बचाऊँ ।
हराएको न्यायलाई खोज ।