ठालु ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ठालु !


१० श्रावण २०७७, शनिबार


न्यायको हत्या गर्छ ठालु गाली पाउँछ यो देशले,
जिउँदै निर्लज्ज मर्छ ठालु गाली पाउँछ यो देशले

विद्वान पगरीमा अबुझ मूर्ख बिर्सिएर धरातल यो
दिउसै निर्वस्त्र झर्छ ठालु गाली पाउँछ यो देशले

जान्ने सुन्ने विद्वान बुज्रुक वरिष्ठतम जो भए पनि
हुटिट्याउँ भई चर्छ ठालु गाली पाउँछ यो देशले

बाघको छाला स्यालको रजाइँ भन्ने ज्ञान हुँदाहुँदै
भ्रम मात्रै छर्छ ठालु गाली पाउँछ यो देशले

Tags :
प्रतिक्रिया दिनुहोस