वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु


९ श्रावण २०७७, शुक्रबार


वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेनशमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

एडभान्स हस्पिटलमा उपचाररत ती मुटुरोगी वृद्धाको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस