अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटिए इन्जिनियर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटिए इन्जिनियर


९ श्रावण २०७७, शुक्रबार


काठमाडौँ । डोटीमा एक इन्जिनियर कुटिएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकाका इन्जिनियर शंकर राज खनाल बिहीबार दिउँसो साना गाउँ खानेपानी आयोजनाका अध्यक्ष देवबहादुर खड्काद्वारा कुटिएका हुन् ।

अध्यक्ष खड्काले निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काकै कार्यकक्षमा तथानाम गाली गलौच गर्दै हातपात गरेको पूर्वी चौकी गाउँपालिकाको कार्यालयले जनाएको छ । घटनाको विषयलाई लिएर गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खड्कामाथि कडा कारबाहीको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस