२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो अङ्कले बढ्यो शेयर

अ+ अ-

काठमाडौं । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अङ्कले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर रु एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ मा खरिदबिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेको छ । विकास बैंक ३.६५ र सामूहिक लागनी कोष ०.०४ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ३, व्यापार ७.९४, होटल ४२.५५, जलविद्युत् ६.६२, वित्त १.४९, निर्जीवन बीमा १८५.७, उत्पादन १७.८५, अन्य ४.७७, लघुवित्त २७.६५ र जीवन बीमा १५४.६७ अङ्कले बढेको छ .

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड ३२ लाख ३९ हजार ६७९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १० करोड २९ लाख ५६ हजार ८५३, शिखर इन्स्योरेन्सको रु आठ करोड पाँच लाख १८ हजार ८९६, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था रु सात करोड ७० लाख चार हजार ९५ र एनएमबी बैंकको रु छ करोड ३२ लाख २२ हजार ६९ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल र मिर्मिरे लघुवित्त विकास बैंकका शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै ओरियन्टल होटल ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.४४, वेष्ट फाइनान्स सात र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६.७० प्रतिशतले कमाए ।

मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.३६ प्रतिशतले गुमाए । यस्तै हिमालय ऊर्जा विकास कम्पनी ५.१०, सिन्धु विकास बैंक ४.५८, जोशी हाइड्रोपावर ३.७५, सानिमा बैंक ३.३०, एनआइसी एसिया ब्यालेन्स फण्ड २.३१ र नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले २.२४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस